प्रधानमन्त्री बन्ने सम्भावना बढेको देउवाको ठहर

प्रधानमन्त्री बन्ने सम्भावना बढेको देउवाको ठहर

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको बताउनुभएको छ । आज बसेको काँग्रेस संसदीय दलको बैठकमा देउवाले यस्तो सुनाउनु भएको हो ।

यसअघि वैकल्पिक सरकार गठनका लागि भएका छलफलले ठोस आकार नलिएको बताउँदै आउनुभएका देउवा आज भने उत्साहित देखिएको एक सांसदले बताए । उनका अनुसार देउवाले आफ्नै नेतृत्वमा सरकार गठनको सम्भावना बढेको बताउनुभएको थियो ।

काँग्रेस संसदीय दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ । बैठकले ओलीविरुद्ध विपक्षमा भोट हाल्ने निर्णय गरेको ती सांसदले बताए ।

त्यसैगरी आफ्नै नेतृत्वमा सरकार बनाउने केन्द्रीय कार्यसमितिको चैत २१ गतेको निर्णय पनि बैठकले अनुमोदन गरेको छ ।

टिप्पणीहरू