दश लाख दान दिनेकै बेड नपाएर देहान्त

दश लाख दान दिनेकै बेड नपाएर देहान्त

लुम्बिनी कोरोना कोषमा १० लाख सहयोग गर्नेकै श्रीमतीले बेड अभावमा मृत्युवरण गरेकी छन् ।

गत वर्ष पहिलो लहरको कोरोना महामारी चल्दा साविक प्रदेश नं. ५,हालको लुम्बिनी प्रदेशमा पनि कोरोना कोष खडा गरियो । जसमा धेरै व्यवसायी,समाजसेवी, सर्वसाधरणलगायतले गच्छेअनुसारको सहयोग गरे ।

तर अहिले महामारीको दोस्रो लहरमा उक्त कोषको अत्तोपत्तो छैन । कोषमा सहयोग गर्नेले समेत उपचार पाउन सकेका छैनन् ।

रुपन्देहीका व्यवसायी कृष्ण शाक्यले प्रदेश कोरोना कोषमा गत वर्ष दश लाख रुपैयाँ दान गरेका थिए । गत वर्ष आफ्नै हातले मुख्यमन्त्री शंकर पोख्रेललाई कोभिड कोषमा जम्मा गर्न उक्त रकम दिएका शाक्यकी धर्मपत्नीको उपचारको लागि बेड नपाएर अस्ति मृत्यु भएको छ ।

सामाजिक सञ्जालमार्फत् शाक्यका भतिज सत्यराजले सरकार कहाँ छौ ? हामीलाई तिम्रो खाँचो पर्र्यो ? भन्दै लेखेका छन् । उनको लेखाइले सरकार प्रादेशिक अस्पतालदेखि दुई मीनेट टाढाको दूरीमा भए पनि महामारीमा निदाइरहेको भान हुन्छ ।

हिजो एउटी तीन वर्षकी बालिकासहित कैयौंले बेड नपाउँदा ज्यान गुमाएको खबर आइरहेको छ ।

टिप्पणीहरू