पूर्व आइजिपीलाई अख्तियारको जिम्मा ?

पूर्व आइजिपीलाई अख्तियारको जिम्मा ?

आइतबार फेरि जारी अध्यादेशबमोजिम भोलि संवैधानिक परिषद्को बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहभागिता जनाउने र उक्त बैठकले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिश गर्ने सम्भावना रहेको प्रहरी वृत्तमा चर्चा छ ।

खनालमाथि गत वर्षको बैशाखमा सभासद् महेश बस्नेत र किसान श्रेष्ठसमेत भएर मधेसबाट केही सांसदलाई पार्टी फुटाउने प्रयोजनका निम्ति रातारात उठाएर बालुवाटार र म्यारियट होटेल पुर्याएको उपेन्द्र यादव-डा.बाबुराम भट्टराई खेमाको आरोप छ ।

भोलिको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले भने भाग नलिने स्पष्ट पारिसक्नुभएको छ ।

टिप्पणीहरू