पछिल्लो २४ घण्टामा ५३ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा ५३ जनाको ज्यान गयो

कोरोना महामारीका कारण पछिल्लो २४ घण्टामा ५३ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित सिट रिपमा उक्त समयमा ८ हजार ४ सय १८ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

मन्त्रालय द्धारा जारी सिट रिपमा पछिल्लो २४ घण्टामा १७ हजार ३ सय १५ पिसिआर परिक्षण गरिएकोमा ८ हजार २ सय ८७ तथा ९ सय ८९ जनाको एन्टिजेन परिक्षणबाट १ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दो छ । मन्त्रालयका अनुसार ३ हजार ३ सय ७० जना संक्रमण मुक्त भएका छन भने हाल सम्म ३ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन् ।

टिप्पणीहरू