शीतल निवाससङ्ग माधव असन्तुष्ट

शीतल निवाससङ्ग माधव असन्तुष्ट

एमाले बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिने सम्भावना नरहेको बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अस्तिको भेटपछि ओली सुध्रिने छनक नपाएको नेता नेपालले आफू निकटलाई बताउनुभएको सम्बद्ध स्रोत बताउँछ ।

राष्ट्रपति भण्डारीले भेटका लागि आग्रह गरेपछि नेता नेपाल बुधबार साँझ शीतलनिवास पुग्नुभएको थियो । तर, उक्त भेटघाट कुनै उपलब्धिपूर्ण नभएको नेपालले बताइसक्नु भएको छ ।

नेपालको भनाइ उद्धृत गर्दै सम्बद्ध स्रोत भन्छ, ‘शुरुमा राष्ट्रपतिले पार्टी निर्माणमा तपाईंको महत्वपूर्ण भूमिका छ । तपाईं सिनियर नेता हो । त्यसैले अहिलेको विवाद मिलाउन पनि तपाईंले नै भूमिका खेल्नुपर्यो भन्नुभएको थियो । कुरा हुँदै जाँदा पछि त उहाँले अप्रत्यक्ष रुपमा मलाई नै दोष दिनुभयो ।’

ओलीको ढाकछोप गर्दै आफूमाथि पार्टी बिगारेको आरोप आएपछि नेपालले पनि तत्काल प्रतिवाद गर्नुभएको बताइन्छ । ‘पार्टी अध्यक्ष ओली,प्रधानमन्त्री ओली । बिगार्ने उनै अनि दोष मैले लिनुपर्ने ?’ नेपालको भनाइ थियो ।

टिप्पणीहरू