वामदेव अब भने झन विरक्त

वामदेव अब भने झन विरक्त

निर्णायक घडीमा कतै पनि नलाग्ने चट्टानी अडान देखाउँदै एकता अभियान चलाइरहनुभएका एमालेबाट बर्खास्त उपाध्यक्ष वामदेव गौतम ओलीसँग मिल्ने सम्भावना सकिएको निष्कर्षमा पुग्नुभएको छ ।

उहाँनिकट नेताहरुका अनुसार पटक-पटक धोका पाएपछि गौतमको ओलीसंग मोहभङ्ग भैसकेको छ । पूर्व कृषिमन्त्री हरि पराजुलीका अनुसार गौतमले आज बिहान माधव नेपाललाई फोन गरेर ‘ओली सुध्रने भएनन्,यिनीसङ्ग जान सकिन्न’ भन्नुभएको थियो ।

गौतमसमेत नेपाल कित्तामा पुगेपछि एमालेमा ओलीविरोधी धार कुबेलामा थप सशक्त भएको बताउन थालिएको छ ।

ओलीबाट शृंखलाबद्ध रुपमा एकपछि अर्को धोका पाएकाले निर्णायक घडीमा साथ नदिने निचोडमा गौतम पुग्नुभएको हो । गौतमले नेता नेपाललाई फोन गरेर विपक्षी गठवन्धनलाई साथ दिने विश्वास दिलाएको पनि बताइन्छ ।

टिप्पणीहरू