लुकाई राखेको १४ सिलिण्डर अक्सिजन राजधानीमा बरामद

लुकाई राखेको १४ सिलिण्डर अक्सिजन राजधानीमा बरामद

कोरोना महामारीवीच संक्रमितहरूले अक्सिजनको अभावमा ज्यान गुमाइरहेको बेला प्रहरीले लुकाइराखेको साना तथा ठूला गरी १४ सिलिण्डर अक्सिजन बरामद गरेको छ ।

काठमाण्डौँ महानगरपालिका ३२ तीनकुनेस्थित मिलन वस्ती मार्गमा पुष्कर पण्डितले सञ्चालन गरेको अक्सिटेक प्रा.लि.बाट महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरको प्रहरी टोलीले छापा मारी सिलिण्डर बरामद गरेको हो ।

प्रहरीका अनुसार सानो खाली सिलिण्डर २,सानो भरिएको सिलिण्डर ४,ठूलो खाली सिलिन्डर २ तथा ठूलो भरिएको सिलिण्डर ६ थान बरामद गरिएको छ ।

यसबारे सञ्चालक पण्डितसँग बुझ्दा आफूले सञ्चालन गरेको संस्थामा प्रहरीले छापा मारेर अवैध रुपमा राखिएका अक्सिजन बरामद गरेको भन्ने सूचना झूठो रहेको बताएका छन् ।

टिप्पणीहरू