लुम्बिनीका माननीय अमर डाँगीले किन दिए राजीनामा ? त्यसअघि के भएको थियो दाङमा ?

लुम्बिनीका माननीय अमर डाँगीले किन दिए राजीनामा ? त्यसअघि के भएको थियो दाङमा ?

लुम्बिनी प्रदेशसभामा एमालेका माननीय अमर डाँगीले एकाएक राजीनामा दिए । मुख्यमन्त्री शंकर पोखरेलले अनेक उपाय लगाएर आफ्नो थमौति गरेपछि डाँगीको स्वीकृत राजीनामा त्यसै ओझेलमा परेको छ । हुन तः काँग्रेस र माओवादीका प्रस्तावित मुख्यमन्त्री कुलप्रसाद केसीले ४२ जनाको हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाउने बेलामा अमर डाँगीको नामसमेत लिएका थिए ।

पोखरेलको चलखेलमा ती सबै नाम पेलपाल भएपछि डाँगीले फ्याट्ट राजीनामा दिए । हुँदाखाँदाको सांसद पदबाट किन राजीनामा दिएका होलान् भन्ने जिज्ञासामा दाङका एकजना एमाले नेता भन्छन् ‘केही वर्षदेखि छोराले आर्थिक कारोबार तहसनहस पारेकाले ऋण लागेको छ,सुको छैन भन्न थालेका थिए । दामसामको प्रलोभन पो आयो कि ?’

“पार्टीले श्रीमतीसँग सम्पर्क गर्दा भने उनले भोलिपल्टसम्म पनि राजीनामा नदिएको बताइरहेकी थिइन् । दुई तीन दिनसम्म उनी कहाँ छन् भनेर कसैले मेसो पाएनन् ।”

डाँगीले राजीनामा दिएको कुरो बाहिर आएपछि फोन स्वीच अफ गरेर बसेका थिए । तर उनको छोराले भने सबैलाई बाउले राजीनामा दिएको बताए । पार्टीले श्रीमतीसँग सम्पर्क गर्दा भने उनले भोलिपल्टसम्म पनि राजीनामा नदिएको बताइरहेकी थिइन् । दुई तीन दिनसम्म उनी कहाँ छन् भनेर कसैले मेसो पाएनन् ।मुख्यमन्त्री पोखेरलले त्यो बेला पनि निकै पापड पेलेर उनलाई सांसदको टिकट दिलाएका थिए । हुँदाखाँदाको सांसदबाट राजीनामा दिएपछि पोखरेल मात्रै होइन दंगाली एमाले सबै अचम्भित बनेको बताइन्छ । विशेष रुपमा टिकट दिलाएर जिताएका कारण उनीहरु सबै अप्ठ्यारोमा परेका हुन् ।

सांसद बनेपछि डाँगीले लामो समयदेखि मन्त्रीको रहर गर्दै आएको बताइन्छ । स्रोत भन्छ- ‘प्रदेश मन्त्री चाहियो भनेर पोखरेलसँग लामो समयदेखि भन्दै आएका थिए । तर मुख्यमत्री दाङ जिल्लाको भएकाले अरुले मन्त्री पाउने कुरो पनि भएन । बिग्रेको आर्थिक व्यवहार र उधारो मन्त्रीको कारण डाँगीले राजीनामा दिएको गाईंगुईं सुनिन्छ ।’

डाँगीले राजीनामा दिनुअघि मेटमणि चौधरीलगायत राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माको टोली धम्कौली चौधरीको घरसमेत गएको चर्चा । चौधरी पनि लुम्बिनी प्रदेश सभामा एमालेकी सांसद हुन्,समानुपातिक । चौधरीसँग टोलीले आफूहरुले परेको व्यहोर्ने भन्दै राजीनामाको निम्ति लागि पहल गरेको बताइन्छ ।

टोलीको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘यो काम छैन,नयाँ सरकार बनिहाल्छ, राजीनामा गर्न पर्यो ।’ तर उनले आफूले त्यस्तो नगर्ने भनेर फकाईदिएको जिल्लाका नेताहरुसँगको भलाकुसारीमा बताएकी थिइन् ।

टिप्पणीहरू