सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेका ८ को मृत्यु

सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेका ८ को मृत्यु

भारतमा कोरोना महामारीको कारण भयावह अवस्था आएसँगै विभिन्न माध्यमबाट नेपाल भित्रिएका आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने २० जनामा एन्टिजेन पोजिटिभ देखिएको छ । हिजो दुुई सय जनामा गरिएको परिक्षणबाट २० जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

त्यसैगरी झुलाघाट सीमा नाकामा २९ जनाको एन्टिजेन परिक्षण भएकोमा ६,गड्डाचौकी नाकामा ४७ जनामा एन्टिजेन परीक्षण भएकोमा १ तथा गौरीफन्टा (डोकेबजार) नाकामा १ सय २४ जनाको एन्टिजेन परीक्षण भएकोमा १३ जनामा संक्रमण फेला परेको बताइएको छ ।

त्यस्तै एन्टिजेनमार्फत् पोजिटिभ देखिएका कैलाली,कञ्चनपुर र बझाङ्गमा एक एक जना गरी ३ जनाको मृत्यु भएको छ ।

पीसीआर गरिएको परीक्षणमा कञ्चनपुरमा दुई तथा कैलाली, डोटी र बैतडीमा समान एक एक जना गरी ५ जनाको मृत्यु भएको छ ।

टिप्पणीहरू