प्रधानमन्त्रीले निर्माणाधीन सिटी हल पनि उद्घाटन गर्ने

प्रधानमन्त्रीले निर्माणाधीन सिटी हल पनि उद्घाटन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा निर्माणाधीन नेपालकै सबैभन्दा ठूलो सम्मेलन हल ‘सिटीबहल’ को उद्घाटन गर्न लाग्नुभएको छ ।

कम्तिमा ३ हजार जना अटाउने उक्त हलमा दुई वटा भीभीआईपी कक्ष बनाइएको छ । गत चैतमा सम्पूर्ण काम सकिनुपर्ने हलको निर्माण कार्य अझै धेरै बाँकी छ ।

६५ करोड ७४ लाख ८७ हजार २ सय ९१ रुपैयाँ भनिएको हलको लागत भेरिएसनसहित ८१ करोड, ६ लाख ४ सय ३ रुपैयाँ पुगेको छ ।

स्रोतकाअनुसार आन्तरिक सडक, बगैंचा तथा हरियाली,कुर्सी व्यवस्थापन,हल सजावटलगायतका महत्वपूर्ण कामहरू बाँकी नै छन् । तर, प्रधानमन्त्रीबाट जसरी पनि उद्घाटन गर्नुपर्ने भन्दै शहरी विकास मन्त्री प्रभु साह हिजो एकाएक सिटी हल निर्माणस्थल पुग्नुभएको थियो ।गोदावरी नगरपालिका ३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाइएको सिटी भवनको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना जग्गा चर्चेको छ ।

३ रोपनी क्षेत्रफल आन्तरिक सडक,१६ रोपनी २ आनामा बगैंचा तथा १३ रोपनीमा पार्किङ्ग र अन्य कार्यका लागि छुट्याइएको छ ।

टिप्पणीहरू