यौटाको सद्गद् नसकिँदै अर्काको नियुक्ति

यौटाको सद्गद् नसकिँदै अर्काको नियुक्ति

न्यायपरिषद्का सदस्य लक्ष्मीबहादुर निरालाको निधनपछि रिक्त पदमा सरकारले वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई सिफारिश गरेको छ । कोरोनाको कारण मंगलबार निधन भएका निरालाको ठाउँमा ४८ घण्टा नबित्दै सरकारलाई पूर्ति गर्न हतार भएको हो ।

सरकारले बिहीबारको क्याबिनेट बैठकबाट भण्डारीको नाम नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।यता,निधन त्यसमा पनि कोरोनाको कारण भएकाले निराला परिवार शोकमा डुबेको छ । महामारीमा गरिएको हतारोको नियुक्तिलाई सरकारले मानवीय संवेदनाप्रति सामान्य हेक्कासमेत नराखेको भन्दै पारिवारिक सदस्यहरुले अचम्म मानेका छन् ।

पोहोर पुस २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा नियुक्त निराला पहिले राजाको पालाका महान्याधिवक्ता थिए ।

रामेछापका भण्डारी प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा निकट मानिनुहुन्छ ।

टिप्पणीहरू