सिआइबीको खोरमा नक्कली डाक्टरको हुल

सिआइबीको खोरमा नक्कली डाक्टरको हुल

एसएलसीको सर्टिफिकेटमा गडबड गरेर डाक्टरी पढेका सात जना नक्कली चिकित्सक झण्डै एक महिनादेखि प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी),महाराजगन्जको खोरमा छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका–७,जिरोमाइल बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, ललितपुर महानरगपालिका–२, महालक्ष्मीथान बस्ने धनुषा सबैला नगरपालिका–५ घर भएका २८ वर्षीय मोहम्मद साहिद राजासहितका नक्कली डाक्टरहरू सिआइबी हिरासतमा छन् ।

पक्राउ परेका उनीहरू हिरासतमा बसेको झण्डै तीन हप्ता भइसकेको छ । स्रोतले मुद्दा जिल्ला अदालत, काठमाडौंमा दर्ता गर्ने प्रक्रियामा रहेको बताएको छ ।

उनीहरूसहित अहिले सीआईबीको हिरासतमा ११ जना छन् । तीमध्ये दुई जना उनीहरूलाई नक्कली कागजात बनाउन सहयोग गर्ने कन्सल्टेन्सीका मान्छेहरू हुन् । तीमध्ये एकजना बागबजारका हुन् भने अर्का जावलाखेलका हुन् ।
हिरासतमा अनधिकृत तवरले भीओआईपी सञ्चालन गर्ने दुई जना पनि छन् ।
निषेधाज्ञाको समयमा अरु अपराधका घटना खासै नदेखिए पनि कालोबजारीको गुनासो भने प्रहरीकोमा मनग्ये पुगेको बताइन्छ ।

टिप्पणीहरू