“कोरोना,मुटु र उमेरको कारण जेलमुक्त भए पूर्व अख्तियार प्रमुख

“कोरोना,मुटु र उमेरको कारण जेलमुक्त भए पूर्व अख्तियार प्रमुख

सर्वोच्च अदालतले बालुवाटारको ललिता निवास जग्गा काण्डमा विशेष अदालतको आदेशबमोजिम थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातलाई विशेषको आदेश बेरितको भएकाले पाँच लाख धरौटीमा छाडेको छ ।

“कोरोनाको कहर,मुटुको बिमार र बृध्द उमेर अनि त्यही प्रकरणका अरुचाहिँ बाहिर फुक्काफाल घुमिरहेको” भन्दै न्यायाधीशद्वय इश्वर खतिवडा र डा.आनन्दमोहन भट्टराई बस्न्यातको हकमा कमलो  देखिनुभएको हो ।

बस्नेतले सचिवको हैसियतमा लेखेको टिप्पणी सदर गर्ने तत्कालीन भौतिक योजना मन्त्री बिजय गच्छदार अझसम्म अदालतमा हाजिर हुन गएका छैनन् ।

हुन पनि बस्नेतले सचिवको हैसियतमा लेखेको टिप्पणी सदर गर्ने तत्कालीन भौतिक योजना मन्त्री बिजय गच्छदार अझसम्म अदालतमा हाजिर हुन गएका छैनन् ।

विशेष अदालतको गत कात्तिक २८ गतेको आदेश निज बस्न्यातको हकमा बेरित देखिएकाले बदर गर्ने आदेश दिँदै सर्वोच्च अदालतको संयुक्त इजलासले दिएको आदेशमा भनिएको छ ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी निजबाट ५ लाख नगद धरौट राखे वा सो बराबर जमानत लिई निजलाई तारिखमा राखी मुद्दामा पुर्पक्ष गर्नु ।’

संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनउपर सुनुवाई गर्दै उक्त आदेश दिएको हो । आदेशअघिको व्याख्यामा न्यायाधीशहरूले बस्न्यातले मन्त्रिपरिषद्को पूर्व निर्णय र निर्देशनबमोजिम प्रस्ताव पेश गर्ने सन्दर्भमा सचिवको हैसियतले विभागीय मन्त्रीसमक्ष फायल पेश गर्नेसम्मको कार्य गरेको देखिएको भनिएको छ ।

बस्नेतलाई थुनामुक्त गराउन गरिएको अदालती व्याख्यामा निज सरहका अन्य कतिपय पदाधिकारी साधारण तारिखमा वा धरौटमा रहेको देखिएको र निज प्रतिवादी दिप बस्न्यात उमेर ६९ वर्ष भैसकेका ज्येष्ठ नागरिक देखिनुका साथै निजमा मुटुसम्बन्धी समस्या रहेको तथा निज र निजको परिवारका सदस्यहरूसमेतमा कोभिड १९ संक्रमण भई उपचाररत रहेको भन्ने तथ्य पुष्टि हुने कागजात समेत पेश हुन आएकोले थुनामा राख्नु मानवीय दृष्टिले अनुचित देखिएको उल्लेख छ ।

टिप्पणीहरू