अक्सिजनको हाहाकारमा मुख्यमन्त्रीको नमिल्ने स्ट्याटस

अक्सिजनको हाहाकारमा मुख्यमन्त्रीको नमिल्ने स्ट्याटस

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजनको अभाव नरहेको भन्दै लेख्नुभएको टिप्पणीको चौतर्फी आलोचना भएको छ । गरिमामय प्रदेश प्रमुखको जिम्मेवारीमा बसेपनि ध्यान महामारी न्यूनीकरणतर्फ नगएको भन्दै आलोचना भएको बताइन्छ ।
प्रदेशका सबै कोभिड अस्पतालमा अक्सिजन अभाव रहेको वास्तविकतालाई नजरअन्दाज गर्दै उहाँद्वारा सामाजिक सञ्जालमा लेखिएको स्टाटसमा भनिएको छ ‘भारतबाट लिक्विड अक्सिजनको आपूर्ति शुरु भएकाले अब प्रदेशमा अक्सिजनको कमि हुने छैन ।’

तर मुख्यमन्त्रीको भनाईलाई मिथ्या साबित गर्दै भीम अस्पतालले ‘अक्सिजन नभएको’ लिखित जानकारी गराएको छ ।

महामारीको समय सामाजिक सञ्जालमा तथ्यहीन पोष्ट गरेको भन्दै पोखरेलप्रति समाजका अगुवा रवि रौनियारले ‘मन्त्रीमण्डल नै गफाडी भएकोले अक्सिजन अभावका कारण कसैको जीवन संकटमा पर्यो भने त्यसको जवाफदेही मन्त्रीमण्डल नै हुनुपर्ने’ बताएका छन् ।

यस्तै,अर्का सामाजिक अगुवा तथा कानुन व्यवसायी सूर्य अधिकारीले लेखेका छन् ‘आलोचना पछि गर्ने तर अहिले महामारीबाट जनतालाई कसरी बचाउने भन्नेबारे सोच्नुपर्ने छ । सरकारले अक्सिजनलगायतका स्वास्थ्य सामाग्री उपलब्ध नगराइदिनु लज्जास्पद विषय भयो ।’

अधिकारीले थप लेखेका छन् ‘पैसा पठाए चीनलगायतका देशबाट रातारात अक्सिजन आउँछ । घरमा भएको धन कक्ष नखोलेर बाहिर भीख माग्न बस्नु उचित होइन ।’

टिप्पणीहरू