बस ट्रक ठोक्किँदा १८ जना घाइते

बस ट्रक ठोक्किँदा १८ जना घाइते

बस र ट्रक एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकमा ना.७ख ९१४० नम्बरको बस र ना.५ ख ४१४६ नम्बरको ट्रक शुक्रबार बिहान एकआपसमा ठोक्किँदा ट्रक तथा बस दुबैका चालक र बसमा सवार यात्रु समेत गरी १८ जना घाइते भएका हुन् ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि चुरेहिल अस्पताल र हेटौंडास्थित सहकारी अस्पताल पठाएको प्रहरीले बताएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर, सात जना मध्यम र १० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू