स्वास्थ्य मन्त्रालयका हाकिमहरु तितरबितर

स्वास्थ्य मन्त्रालयका हाकिमहरु तितरबितर

कोरोनाको महामारीवीच समेत खोप आयातमा कमिसनको चक्कर चलाइरहेको स्वास्थ्य मन्त्रालयले तीन जना हाकिमको जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्री हृदयेश त्रिपाठीको मन्त्रिस्तरीय निर्णयबाट तीन सहसचिवको जिम्मेवारी फेरिएको हो ।

मन्त्रालय स्रोतका अनुसार बिहिबार सहसचिवत्रय मदनकुमार उपाध्याय,राधिका थपलिया र सुनिलकुमार शर्मालाई यताउता पारिएको छ । जसअनुसार,यसअघि स्वास्थ्य, शिक्षा सूचना तथा सञ्चार केन्द्रमा बसेका हाकिम सुनिलकुमार शर्मालाई त्यहाँबाट तानेर स्वास्थ्य सेवा विभागतिर पठाइएको छ । स्वास्थ्यसम्बन्धी प्रचारप्रसार प्रसारको बजेट शर्माले सेटिङमा खर्च गर्दै आएको आरोप छ ।

उनको ठाँउमा राधिका थपलियाले जिम्मेवारी पाएकी छन् । उनी केही अघिसम्म मन्त्रालयमा बस्ने कुर्सी समेत नपाउने कर्मचारी हुन् ।
गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी डा. मदनकुमार उपाध्यायको काँधमा आइलागेको छ । उनी यसअघि स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा प्रमुख थिए ।

यता मुलुक कोरोना कहरको विपत्ति झेल्दै छ । स्वास्थ्य मन्त्रालयले दिएको जिम्मेवारी र काम पूरा नगरी कोठा कोठा चहार्न बाध्य छन् एक सहसचिव ।
औषधि व्यवस्था विभागको हाकिम थिए नारायण ढकाल । त्यहाँ हुँदा कोरोनाको औषधी लगायतका सामाग्रीमा अनुमति दिन हिचकिचाहट गरेको एंव बालुवाटारसँग नजिक रहेका एक जना व्यक्तिले चलाएको आर्युेवेद हस्पिटलको अनुगमन गरेवापत बबरमहलबाट खुमलटारस्थित राष्ट्रिय प्रयोगशालामा धपाइएको थियो ।  सोको विरुद्ध अदालत गए ।

अदालतले मन्त्रालयमा जिम्मेवारी दिन आदेश दियो । तर हालत उस्तै । घरबाट हरेक दिन रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय छिर्छन् तर त्यहाँ न त बस्नलाई कार्यकक्ष छ,न त कुर्सी नै । उनी अरु साथीभाइको कोठा चाहार्दै पीडा पोख्छन् -न्याय पाइन ।

यता त्यही खरिद शाखामा रहेको ६४ हजार थान मास्क किनेको र स्यानिटाइजरमा अनियमितता गरेको आरोप लागेपछि त्यहाँका स्टोरकिपर प्रेम विश्वकर्मालाई मन्त्री हृदयेश त्रिपाठीले लखेटेर सिभिल अस्पताल पुर्याएका छन् ।

टिप्पणीहरू