निषेधाज्ञा र महामारीमा मस्तसँग जुवा खेल्ने १० जुवाडे पक्राउ

निषेधाज्ञा र महामारीमा मस्तसँग जुवा खेल्ने १० जुवाडे पक्राउ

पूर्वी नवलपरासीमा तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

कावासोती नगरपालिका–२, नरबजार चोकस्थित रुद्र कँडेलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३५ वर्षीय अजय जैसवालसहित १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कँडेलको घरमा तास खलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ, ५ सय ७० भारतीय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

टिप्पणीहरू