सवारी दुर्घटनामा २ को मृत्यु

सवारी दुर्घटनामा २ को मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१७ स्थित सडकमा भारतीय नम्बर प्लेटको बीआर ०५ एएल ७९१५ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री स्थानीय अलौका ४२ वर्षीय रियाजुल मियाँ कमरियाको बिहीबार दिउँसो मृत्यु भएको हो ।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यस्तै, धादिङको गल्छी गाउँपालिका–७, भल्टारस्थित सडकमा बा.४ख ५७७३ नम्बरको ट्रिपर दुई सय मिटर तल महेश खोलाको किनारमा खस्दा चालक थाक्रे गाउँपालिका–१ का २८ वर्षीय सूर्यबहादुर जिसीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू