पिसिआर परिक्षणको डेढ करोड बढी रकम उठाउनै बाँकि

पिसिआर परिक्षणको डेढ करोड बढी रकम उठाउनै बाँकि

एउटा स्थानीय सरकारले विपद्को बेला सञ्चालन गरेको पिसिआर परिक्षण ल्याबमा लागेको शुल्क अर्को स्थानीय सरकारले भुक्तानि नगरेपछि बन्दको अवस्थामा रहेको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सञ्चालन गरेको आरटिपिसिआर परिक्षण प्रयोगशालामा कोरोनाको जाँचको लागि स्वाब परिक्षण गराएका बिभिन्न पालिकाहरुले परिक्षण वापतको शुल्क अहिले सम्म बुझाएका छैनन् भने ल्याब अहिले आर्थिक अभावले बन्द रहेको छ ।

परिक्षणका लागि स्वाब पठाएका रुकुम पश्चिम र छिमेकी जिल्ला सल्यान, जाजरकोट र रुकुम पूर्वका स्थानीय सरकारले १ करोड ६१ लाख ७२ हजार रकम चौरजहारी नगरपालिकालाई दिन बाँकि रहेको चौरजहारी नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले अप्ठ्यारो बेलामा गरेको कामलाई अन्य सरकारले समेत साथ नदिएको बताए ।

महामारीको बेला जनताको स्वास्थ्य जाँचलाई आफुले प्राथमिकतामा राखेर काम गरेको तर अगाडि बढ्नलाई काँध नथाप्ने अन्य सरकारको कारण हानी भएको उनको भनाई छ ।गत बर्ष कोरोना परिक्षणको शुल्क दिन्छौ भनेपछि नगरपालिकाको खर्चमा परिक्षण गरिएको तर हाल सम्म पनि भुक्तानी नपाईएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले बताए । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिएमसिसि)को बैठकमा पिसिआर परिक्षणको खर्च रकम सबै स्थानीय तहले साझेदारी गर्ने निर्णय भएको बताउँदै अधिकृत केसीले सोहि निर्णय अनुसार पैसा उपलब्ध गराईदिन सम्बन्धित स्थानीय सरकारलाई पत्राचार गरिएतापनि हाल सम्म कुनै वास्ता नगरेको जनाए । तत्कालिन अवस्थामा सरकारले पिसिआर परिक्षणको लागि प्रतिव्यक्ति २ हजार रकम तोकेको र चौरजहारी नगरपालिका बाहेकका अन्य १४ ओटा स्थानीय तहबाट सोहि खर्च दरमा रकम माग गरिएको अधिकृत केसीले उल्लेख गरे ।

आरटिपिसिआर परिक्षण प्रयोगशाला चौरजहारीमा गत बर्षको असार अन्तिम साताबाट पौष मसान्त सम्म प्रयोशालामा १० हजार ५ सय ९४ जनाको कोरोना परिक्षण गरिएको थियो । जसमध्ये चौरजहारी नगरपालिकाका मात्र २ हजार ५ सय ८ जना थिए भने अन्य पालिकाका ८ हजार ८६ स्वाब परिक्षण भएको थियो । चौरजहारी नगरपालिका बाहेकका अन्य पालिकाका स्वाब परिक्षण शुल्क प्रति स्वाब २ हजारको दरले १ करोड ६१ लाख ७२ हजार हुन आउँछ । यो बाहेक पुनः परिक्षण गरिएको संख्या पनि अधिक छ ।

चौरजहारी नगरपालिका बाहेक रुकुम पश्चिमका ५ ओटा, जाजरकोटका ५ ओटा, सल्यानका ३ ओटा र रुकुम पुर्वका १ ओटा स्थानीय तहबाट पिसिआर परिक्षणको शुल्क उठाउँन बाँकि छ । चौरजहारी नगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार पिसिआर परिक्षण गराएकाहरुमा रुकुम पश्चिमकै मुसिकोट नगरपालिकाका १ हजार १ सय ५४, आठबिसकोट नगरपालिकाका १ हजार ४ सय २०, सानीभेरी गाउँपालिकाका १ हजार १७, त्रिवेणी गाउँपालकाका ८ सय ४, बाँफिकोट गाउँपालिकाका ५ सय ३८ जना रहेका छन् । त्यसैगरी जाजरकोटको भेरी नगरपालिकाका १ हजार २ सय २२, शिवालय गाउँपालिकाका ७, छेडागाड नगरपालिकाका ३ सय ६२, जुँनिचाँदे गाउँपालिकाका ७ सय ६ र नलगाड नगरपालिकाका ७ जना रहेको पिसिआर परिक्षण गरिएको थियो । सल्यानको कुमाख गाउँपालिकाका ३ सय २, सिद्धकुमाख गाउँपालिकाका २३ र दार्मा गाउँपालिकाका ५ सय २३ को पिसिआर परिक्षण गरिएको थियो भने रुकुम पूर्वको सिस्ने गाउँपालिकाका १ जना को पिसिआर परिक्षण चौरजहारी प्रयोगशालामा गरिएको थियो । परिक्षण गरिएकाहरु मध्ये २ सय ७३ को रिपोर्ट पोजेटिभ देखिएको थियो ।

चौरजहारी नगरपालिकाले सञ्चालन गरेको आरटिपिसिआर परिक्षण प्रयोगशालामा स्वाब परिक्षण गरेर शुल्क उठाउन बाँकि रहेका स्थानीय तहको विवरण निम्नानुसार रहेको छ :

आरटिपिसिआर परिक्षण प्रयोगशाला चौरजहारीमा स्वाब परिक्षण गरिएको संख्या र शुल्क विवरण : क्र.स. स्थानीय तहको नाम र ठेगाना स्वाब परिक्षण संख्या स्वाब परिक्षण शुल्क कैफियत

१. मुसिकोट नगरपालिका, रुकुम (पश्चिम) ११५४ २३०८०००। २. आठबिसकोट नगरपालिका,रुकुम (पश्चिम) १४२० २८४००००। ३. बाँफिकोट गाउँपालिका, रुकुम (पश्चिम) ५३८ १०७६०००। ४. सानीभेरी गाउँपालिका, रुकुम (पश्चिम) १०१७ २०३४०००। ५. त्रिवेणी गाउँपालिका, रुकुम (पश्चिम) ८०४ १६०८०००।
६. भेरी नगरपालिका, जाजरकोट १२२२ २४४४०००। ७. नलगाड नगरपालिका, जाजरकोट ७ १४०००।८. छेडागाड नगरपालिका, जाजरकोट ३६२
७२४०००। ९. जुनिचाँदे गाउँपालिका, जाजरकोट ७०६ १४१२०००। १०. शिवालय गाउँपालिका, जाजरकोट ७ १४०००। ११. कुमाख गाउँपालिका, सल्यान ३०२ ६०४०००। १२. सिद्धकुमाख गाउँपालिका, सल्यान २३ ४६०००। १३. दार्मा गाउँपालका, सल्यान ५२३ १०४६०००। १४. सिस्ने गाउँपालिका, रुकुम (पूर्व) १ २०००। जम्मा ८,०८६ १,६१,७२,०००।

श्रोत : चौरजहारी नगरपालिका, रुकुम (पश्चिम)

टिप्पणीहरू