दल विभाजनसम्बन्धी अध्यादेश आउने सम्भावना बढ्यो

दल विभाजनसम्बन्धी अध्यादेश आउने सम्भावना बढ्यो

आफूविरुद्ध विपक्षी गठवन्धन बलियो बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थाल्नुभएको छ । हिजो र आजको दौडधुप र राष्ट्रपतिसँगको छलफलपछि त्यस्तो तयारीमा जुटेको बताइएको छ ।

खासगरी पार्टीमा अल्पमतमा परेको जसपाको महन्थ ठाकुर खेमालाई पार्टी फुटाउन सजिलो बनाउने गरी अध्यादेश ल्याउन लागिएको स्रोतको भनाइ छ । आज साँझको क्याबिनेट बैठकले त्यसबारे निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना रहेको बताइएको छ । स्रोतका अनुसार त्यसबारे ओलीले राष्ट्रपति विद्या भण्डारीसँग छलफल गरेर कुरा मिलाइसक्नु भएको छ ।

सोमबार २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णयका साथ् हस्ताक्षर संकलन थालेको महन्थ खेमा प्रष्ट अल्पमतमा परेको बताइन्छ । बहुमतमा रहेको ओलीविरोधी (उपेन्द्र-बाबुराम) पक्षले ह्वीप लगाउने बुझेपछि महन्थ खेमाका नेताहरुसँगको सल्लाहमै अध्यादेश ल्याइन लागिएको स्रोतले दाबी गरेको छ ।

यता,कुनैपनि हालतमा सत्ता नछाड्ने रणनीतिका साथ अघि बढिरहनु भएका प्रधानमन्त्री ओलीले लुम्बिनी मोडलमा जस्तै राजीनामा दिने सम्भावना पनि रहेको उक्त स्रोतले बतायो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जस्तै राजीनामा दिने र फेरि प्रधानमन्त्री नियुक्त हुने गरी आन्तरिक छलफल चलिरहेको बताइन्छ ।

यसो गर्दा कम्तिमा एक महिना सरकारको आयू लम्बिने र त्यो समयलाई गोल्डेन पिरियडु बनाउन सकिने विश्वासका साथ् निकटस्थहरुसँग छलफल चलिरहेको बताइन्छ । ुएक महिना जसरी पनि सरकार जोगाउने,नीति कार्यक्रम र पपुलर बजेट ल्याउने,त्यसपछि परेको ब्यहोर्ने । काम गर्न खोजेको थिएँ तर गर्न दिएनन् भनेर जनतालाई आश्वस्त पार्ने गरी जाने तयारी देखिन्छु,स्रोतले भन्यो ।

टिप्पणीहरू