कोरोना बढेको बढ्यै, आज ५४ को मृत्यु र ९ हजार बढी संक्रमित

कोरोना बढेको बढ्यै, आज ५४ को मृत्यु र ९ हजार बढी संक्रमित

कोरोना महामारीका कारण पछिल्लो २४ घण्टामा ५४ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित सिट रिपमा उक्त समयमा ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

मन्त्रालयद्वारा जारी सिट रिपमा उक्त अवधिमा २० हजार ३ सय ६७ जनामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ९ सय ७० तथा ७ सय ७५ जनाको एन्टिजेन परिक्षणबाट १ सय जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या पनि बढेको छ । आज २ हजार ७ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

मुलुकमा कोरोनाको कारण हालसम्म ३ हजार ५ सय २९ जनाले ज्यान गुमाएका छन् ।

टिप्पणीहरू