बनेपाको सडकमै सय जनालाई उठबस

बनेपाको सडकमै सय जनालाई उठबस

निषेधाज्ञाको समयमा लापरबाही गर्नेहरूलाई प्रहरीले ठाउँको ठाउँ कारबाही गरेको छ ।

काभ्रेका एसपी भूपेन्द्र खत्रीका अनुसार, बारम्बार सम्झाउँदा नटेर्नेहरूलाई आज बनेपाको सडकमा उठबस गराइएको हो । जिल्लाको दुई स्थानमा ४७ र ५७ गरी १ सय ४ जनालाई आज उठबस गराइएको छ ।

आज उठबस गर्ने सबै पुरुष रहेको पनि खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो ‘महामारी बढिरहेको बेला लापरबाही गर्नेहरूलाई प्रहरीले सानो र व्यवहारिक सजाय दिएको हो ।

महामारी बढिरहेको समयमा बनेपामा ४ ट्राफिकसहित १ प्रहरी नायव उपरिक्षकमा संक्रमण पुष्टि भएको पनि जानकारी दिनुभयो ।

टिप्पणीहरू