कोभिड रोकथाममा अनुकरणिय बन्दै

कोभिड रोकथाममा अनुकरणिय बन्दै

गुल्मीको पहाडी ईलाकामा रहेका धुर्कोट, इष्मा, मालिका र मदाने गाँउपालिकाले सिमित श्रोत साधनका बाबजुद  सर्वसाधरणको सुविधाका लागी कोरोना रोकथाम तथा नियन्त्रणका अनुकरणिय कामको थालनि गरेका छन्।

धुर्कोट गाँउपालिकाले संक्रमित बिरामिहरुको लागी घरमै पुगेर अक्सिजन सहितको सेवा दिनको लगि हरेक वडाको स्वास्थ्य चौकिबाट एक जनालाइ ‘फोकल पर्सन’ तोकि टोलि परिचालन् गरेको छ ।

गतबर्षको आठवटा अक्सिजन सिलिन्डर बाकि रहेकोमा तत्काललाई त्यसैबाट काम चलाएको धुर्कोटले यहि अनुपातमा सक्रमण दर फैलियो भने यो मौज्दातले धान्न कठिन हुने भएकाले सिलिन्डरको सख्यालाइ पन्ध्रदेखि बिस पु¥याउने योजना बनाएको धुर्कोट गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत काँशिराम पन्थीले बताए ।

उक्त पालिकाले प्रत्यक दिनको ‘एन्टिजन’ परिक्षण रिपोर्ट पनि सार्वजनिक गर्ने गरेको छ । जस अनुसार लक्षण देखापरेपछि परिक्षण गरिएका मध्य हिजो सम्मको रिपोर्ट अनसार चौबिस जनामा ‘एन्टिजन’ सक्रमण देखिएको गाँउपालिकाले जनाएको छ ।

त्यस्तै इष्मा गाँउपालिकाले मेडिकल अधिकृत डा. निश्चल शर्माको नेतृत्वमा दुइजना हेल्थ अशिष्टेन्ट र ल्याब टेक्निसियन सहितको स्वास्थय टोली परिचालन गरी पाँच वटा बेडको कोभिड अस्पताल र बिसवटा बेडको आइसोलेसन कक्ष निर्माण गरेको इष्मा गाँउपालिकाका कोभिड फोकल पर्सन रेशम कुवरले बताए ।

उनकाअनुसार बाहिरबाट इष्मा प्रवेश गर्नेहरुलाई लक्षित गरी ‘छल्दिटारी हेल्थ डेस्क’ समेत सञ्चालन र चौध दिन सम्म क्वारेन्टाइनमा पनि राख्ने व्यवस्था गरेको फोकल पर्सन कुवरले बताए ।

पर्कोट दहमारहेको मदाने गाँउपालिकाले पाँच नम्बर वार्डको म्यालपोखरिमा तयार पारेको कोभिड अस्पतालमा अक्सिजन प्लान्ट दुइ सेट, अक्सिजन सिलिन्डर दशथान र दश वटा बेड तयारि अवस्थामा राखिएको छ भने सातवटै वडामा अक्सिजन प्लान्ट एक सेट , अक्सिजन सिलिन्डर दुइ थान र सातवटा बेड तयारि अवस्थामा राखिएको मदाने गाँउपालिकाले जनाएको छ ।

अर्खबाङ्गमा रहेको मालिका गाँउपालिकाले सबै वडामा एन्टिजिन परिक्षण, छ नम्बर वडाको अर्जैमा पाँच बेडको अस्थाई कोभिड अस्पताल र सबै वडामा सर्वपक्षिय कोरोना रोकथाम तथा नियन्त्रण समिती समेत बनाएको मालिका गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारिले बताएका छन् ।

-ऋषि भट्टराई

टिप्पणीहरू