आज मध्यरात काठमाडौंबाट अन्तिम उडान

आज मध्यरात काठमाडौंबाट अन्तिम उडान

सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि आज राति १२ बजेदेखि कुनै पनि नियमित उडान नहुने भएको छ ।

आज मध्यरातसम्म स्वदेशी तथा विदेशी विमान कम्पनीहरूले यात्रु ओसार्ने छन् । नियमित सेड्युल अनुसार आज सबैभन्दा अन्तिममा नेपाल वायुसेवाको ओसाका, जापान उडान हुँदैछ । त्यो फ्लाईट भोलि मध्यान्हतिर काठमाडौं आइपुगेपछि सरकारले लगाएको उडान प्रतिबन्ध पूर्णरुपमा कार्यान्वयनमा आउने बताइन्छ ।

अरु सबै स्वदेशी विमानहरू आज रातिसम्ममा काठमाडौं विमानस्थलमा ल्याण्ड गरिसक्ने छन् । भोलिदेखि सरकारको स्वीकृति लिएपछि हुने चार्टर र कार्गो उडानको लागि मात्र विमानहरूले भुईं छाड्ने छन् ।

सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाए पनि नयाँ दिल्ली–काठमाडौंबीच हप्तामा दुई उडान भने चालु राख्ने भएको छ । कोरोना संक्रमणको भयावह रुप देखिएको दिल्लीसँगको उडान कायम राखिएको विषयमा सरकारी अधिकारीहरूले यसै हो भनेर मुख खोलेका छैनन् । एअर बबलअन्तर्गत उक्त उडान कायम राखिएको बताइन्छ ।

टिप्पणीहरू