नेपाल बोर्डरमा भारतबिरोधी नारा घन्किएको दाबी

नेपाल बोर्डरमा भारतबिरोधी नारा घन्किएको दाबी

लकडाउनसम्वन्धी सम्पूर्ण नियमहरू उल्लंघन गर्दै भारत( नेपाल सीमा नजिकैको भारतीय बजार रुपैडियामा पाकिस्तानको पक्षमा नारा लागेको भिडियो भाइरल बनेको छ । उक्त भिडियोका कारण भारतीय सञ्चारमाध्यममा तहल्का मच्चिएको छ ।

भारतको सुदर्शन न्यूज टेलिभिजनमा प्रशारित सामग्रीअनुसार कोभिड–१९ को नियम पालना नगरी देशविरोधी कार्य गर्दा पनि प्रहरी प्रशासन मौन बसेको आरोप लगाइएको छ । समाचार विवरणमा प्रदर्शनकारीले मच्चाएको अराजकताविरुद्ध सरकार मौन रहेको टिप्पणी गरिएको छ । रुपैडिया नजिकैको केवलपुर गाउँसभाका प्रमुखको विजयमा पाकिस्तान जिन्दावाद भन्ने नारा लगाइएको बताइएको छ ।

गाउँसभाको प्रमुखमा जितेपछि उनका समर्थकहरूले पाकिस्तान जिन्दावाद भन्दै नारा लगाएको समाचारमा उल्लेख छ । स्थानीय चकियामुल मैदानमा त्यस्तो नारा लगाइएको टेलिभिजनको दाबी छ ।

प्रदर्शनकारीहरूले भारत प्रशासन, सरकार र कानुनी व्यवस्थाविरोधी नारासमेत लगाएको बताइन्छ । टेलिभिजनका अनुसार रुपैडियामा विशेष वर्गको आवादी बढिरहेको र तिनले आफ्नो खालको दवाब बढाउँदै लगेको अवस्था छ ।

प्रदर्शनकारीहरूलाई टेलिभिजनले भारतीय भूमिमा बसेर पाकिस्तानको पक्षमा नारा लगाउनेलाई गध्दारको संज्ञा दिएको छ । कोभिड महामारीमा सामाजिक दूरी कायम नगरेको र राष्ट्रविरुद्ध गध्दारी गरेर सरकारी कदम र आदेशको समेत अवज्ञा गरेको बताइन्छ ।

प्रदर्शनपश्चात् प्रहरीले हाजी रहिम र उनका भाइमाथि मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालेको टीभीको दावी छ ।

टिप्पणीहरू