कोरोना महामारीबीच माननीयको बिहे, बधाईको ओइरो

कोरोना महामारीबीच माननीयको बिहे, बधाईको ओइरो

बाग्मती प्रदेशसभाकी माननीय लालकुमारी पुन “सुशीला”ले कोरोना महामारीबीच भर्खरै लगनगाँठो कस्नुभएको छ ।

पुनले वाईसीएलको महाँकाल गाउँपालिका,ललितपुरका अध्यक्षसँग हालै बिबाह गर्नुभएको हो । दुलाहा पहिले एमाले थिए । माननीयज्यूले जनयुद्धकालमा गुलाब नामका कमरेडसँग जनवादी विवाह गर्नुभएको भएको थियो तर उहाँहरूबीच पछि सहमतिमा पारपाचुके भएको बताइन्छ ।

लालकुमारी नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी माहिली बहिनी हुनुहुन्छ । जनआस्थाले बधाई भन्दै सोधेको जिज्ञासामा उहाँले भन्नुभयो-हाम्रो इन्गेजमेण्ट भएको झण्डै एक वर्ष भयो । बिबाह गरेको १५ दिन जतिअगाडि हो । सामान्य ढंगले बिबाह गरेका हौं ।’

उहाँहरूको इन्गेजमेण्टदेखि बिबाह सबै कोरोना महामारीको बीचमा भएको छ । बागमती प्रदेशकी माननीय तथा उद्योग,पर्यटन तथा वातावरण समिति सभापति रमा आलेले उहाँलाई सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको छ ।

कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तिमगरले पनि यसअघि नै बधाई दिनुभएको छ ।

टिप्पणीहरू