बजेट बनाउँदा बनाउँदै कोरोनाले बाधा

बजेट बनाउँदा बनाउँदै कोरोनाले बाधा

बजेट निर्माणमा सम्लग्न अर्थमन्त्रालयका अधिकारीहरु कोरोना संक्रमित भएसँगै बजेट कार्यतालिका प्रभावित हुने भएको छ ।

टोलीमा अर्थसचिव शिशिरकुमार ढुंगना,राजश्व सचिव रामशरण पुडासैनीसहित विभिन्न ५ महाशाखा प्रमुख संलग्न छन् । ब अहिले मन्त्रालयका ६ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । कोही कन्ट्याक्ट ट्रेसिङमा परेका छन् त कोही होम आइसोलेसनमा बसेका छन् ।
बजेट निर्माण टोलीमा दुई सचिवसहित सहसचिवहरु डा. रामप्रसाद घिमिरे,धनिराम शर्मा, श्रीकृष्ण नेपाल,डा.प्रकाशकुमार श्रेष्ठ,रामेश्वर दंगालका साथै प्रवक्ता सुमन दाहाल सक्रिय थिए । अर्थ गत १ चैतदेखि कार्यतालिका बनाएर बजेट निर्माणमा जुटेको थियो ।

२० वैशाखभित्रै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदका दुवै सदनमा अर्थमन्त्रीले पेश गर्ने कार्यतालिका भए पनि समय घर्किसक्दा समेत सो पेश हुन सकेको छैन ।

संविधानअनुसार बजेट हरेक वर्ष जेठ १५ गते ल्याउनुपर्ने बाध्यता छ । तर बजेट ल्याउनु २० दिन मात्र बाँकी हुँदा सो कार्यमा संग्लग्न कर्मचारीहरु नै कोरोना संक्रमित भएसँगै बजेट निर्माण प्रभावित भएको हो ।

टिप्पणीहरू