फसेका पर्यटकलाई काठमाण्डौ ल्याउने तयारी

फसेका पर्यटकलाई काठमाण्डौ ल्याउने तयारी

गृह मन्त्रालयले मुलुकको विभिन्न ठाउँमा घुम्न गएका विदेशी पर्यटकलाई राजधानी काठमाडौं बोलाउने तयारी गरेको छ ।

मन्त्रालयले बिहीबार देशका सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै पर्यटकहरुलाई काठमाण्डौँ ल्याउने कार्यमा आवश्यक सहजिकरणको लागि भनेको छ ।

शाखा अधिकृत मोहोदत्त अधिकारीद्वारा जारी पत्रमा कोरोना महामारीका कारण विभिन्न जिल्लामा फसेका पर्यटकहरु काठमाण्डौँसम्म फर्कन कठिनाई भएको गुनासो आएसँगै पासपोर्ट,भीसा तथा आफ्नो देशमा फर्कनेको हकमा हवाई टिकट भएकाहरुलाई काठमाण्डौँसम्म पठाउन सहजिकरण गर्न भनिएको छ ।

गृहले काठमाण्डौँ आएपछि सबै पर्यटकलाई होटल क्वारेन्टाइनमा अनिवार्य बस्नसमेत भनेको छ ।

टिप्पणीहरू