कोरोनामा भट्टी व्यापार चम्कियो,प्रहरीको निशाना गल्ली गल्लीतिर

कोरोनामा भट्टी व्यापार चम्कियो,प्रहरीको निशाना गल्ली गल्लीतिर

निषेधाज्ञा र कोरोनाको बिगबिगीका कारण प्रहरीमा अपराधको गुनासो आउनै छाडेको खबर छ । प्रत्येक चौकीका थुनामा मुश्किलले दुई तीन जना मात्र रहेकाले प्रहरीलाई हाइसन्चो भएको छ ।

निषेधाज्ञा लागू भएपछिको अपराध भनेको अटेर गरेर गल्लीमा खोलिएका लोकल भट्टीका साहुजी वा साहुनीहरु हुन् । लोकल भट्टी र लुकेर पसल खोल्नेहरु प्रहरीको निशानामा पर्न थालेका हुन् ।

दिनभरि कोठामा थुनिएर वाक्क भएका न्यून आयमा निर्भर श्रमिकहरु बेलुका मन भुलाउन सस्तो खालका भट्टीमा पस्ने गरेपछि प्रहरीले झै झगडा नहोस्,संक्रमण फैलन नपाओस् भन्दै त्यतैतिर गस्ती बढाउन थालेको बताइन्छ ।

टिप्पणीहरू