खेलाडीहरु पूर्व राजा र बिनोद चौधरीको होटेलमा छपक्कै

खेलाडीहरु पूर्व राजा र बिनोद चौधरीको होटेलमा छपक्कै

दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिग प्रतियोगितामा सहभागी खेलाडीहरूलाई संक्रमणबाट जोगाउन भन्दै पाँच तारे होटल सोल्टी र झम्सिखेलको भिभान्तामा राखिएको छ ।

दुई वटा टिमलाई ती होटलमा राखिएको छ भने बाँकी पाँच वटा लाई राजधानीका विभिन्न होटलमा छरिएको छ । ठूला उद्योगपति तथा व्यावसायिक एवम् कर्पोरेट हाउससँग जोडिएका नेपाली फुटबल क्लबहरूको सहभागिता रहेको यसपटकको पहिलो प्रतियोगिता आयोजकलाई पहिलो गाँसमै ढुंगा लागेको छ ।

महामारीमा दर्शकरहित प्रतियोगिता र टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशारणको व्यवस्था नभएकाले नाफा गर्ने होइन सबै खर्च व्यहोर्नुपर्ने अवस्था देखिएको हो । प्रतियोगिता नसकिञ्जेलको खर्च भने आयोजक संस्थाले व्यहोर्नुपर्ने भएको छ ।

आयोजक संस्था नेपाल स्पोर्टस एण्ड इभेण्ट म्यानेजमेण्ट उद्योगपति तथा डलर अर्बपति विनोद चौधरीआवद्ध चौधरी ग्रुपको हो ।

टिप्पणीहरू