निषेधाज्ञामा पनि पाँच शव फेला

निषेधाज्ञामा पनि पाँच शव फेला

देशका विभिन्न पाँच जिल्लामा शव फेला परेका छन् । सिरहाको लहान नगरपालिका–५, खुट्टी खोलाको पुल मुनि सोही नगरपालिका–१० का ५० वर्षीय हिराई दास बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै गोरखाको गण्डकी गाउँपालिका–४ मरौटेस्थित बुढिगण्डकी नदीको किनारामा पहिचान नखुलेका करिब १७ वर्षीय किशोर बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ इँटाभट्टा नजिक सडकमा पहिचान नखुलेका करिब ५२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उता दाङको तुलसीपुर उपमहानगरपालिका–९ गौरी शंकर टोल डेरा गरी बस्ने सल्यान शारदा नगरपालिका–७ कजेरीका २७ वर्षीय छबिलाल बुढाथोकी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

झापामा पनि एक जनाको शव फेला परेको छ । जिल्लाको भद्रपुर नगरपालिका–६ बस्ने ६० वर्षीय लादु राजवंशी सोही नगरपालिका–७ स्थित बुद्धकरण चिया बगानको नालीमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

उनको साइकलबाट लडेर मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू