अन्न नखानुहोस्, चार दिनमा कोरोना चट् : भारतीय डाक्टर ज्योत्सना

अन्न नखानुहोस्, चार दिनमा कोरोना चट् : भारतीय डाक्टर ज्योत्सना

भारतकी वरिष्ठ कलेजो सर्जन तथा हेल्थ एण्ड फिटनेश विज्ञ डा. ज्याेत्सना बर्माले कोरोना पोजिटिभ देखिएपछि खानपिनमा सावधानी अपनाए छिट्टै निको हुने बताएकी छन् ।

बर्माले कोरोनाको खाना ग्लुकोज (चिनी) भएकाले खाना खाएपछि ग्लुकोजमा परिणत हुने किसिमका कुनै पनि खाना नखान आग्रह गरेकी हुन् ।

बर्माले एउटा भिडियो वार्तामा भनेकी छन् ‘कोरोनाको लक्षण देखिनासाथ दाल,भात,रोटी लगायत अन्नबाट बनेका खानेकुरा बन्द गर्नुपर्छ । त्यसको सट्टा प्रशस्त प्रोटिनयुक्त खानेकुरा कुखुराको मासु,कुखुराको फुल, दही,पनिर खानु बेश ।’

उनले अगाडि भनेकी छन् ‘हरियो सागसब्जी खानुहोस् । तर, जमिनमुनी फल्ने आलु,मुला, गाजरजस्ता कुनैपनि खानाले राम्रो गर्दैन । तिनले खाएपछि ग्लुकोज उत्पादन गर्छन् । फलफूल पनि नखानुहाेस् ।’

त्यसको साथै दिनमा ६ देखि ७ पटक दुई घण्टाको बीचमा बाफ (स्टिम) लिने र यो काम नियमित गर्ने हो भने चार पाँच दिनमा कोरोना खत्तम हुन्छ । उनले प्रष्ट पार्दै भनेकी छन् ‘भाइरसले फोक्सो सुन्निन्छ । त्यसबाट दम बढ्छ । त्यसो हुनुको मुख्य कारण कार्बोहाइड्रेड र ग्लुकोजयुक्त खानेकुरा हो ।’

उक्त पध्दतिको खान्कीका कारण धेरै जना कोरोना बिरामी र आफ्नै भाइलाई समेत कोरोनाबाट मुक्ति मिलेको डा.बर्माले बताएकी छन् ।

टिप्पणीहरू