भाइ मारेको अभियाेगमा दाइ पक्राउ

भाइ मारेको अभियाेगमा दाइ पक्राउ

 दाजुभाइवीच भएको सामान्य विवादले चर्को रूप लिएर हात हालाहाल भएपछि भाइ मारेको अभियाेगमा दाजु पक्राउ परेका छन् ।

दाजुको कुटपिटबाट मर्ने भाइ ३६ वर्षीय सुखीलाल चाैधरी हुन भने भाइ मारेको अभियाेगमा पक्राउ पर्ने उदयपुर त्रियुगा नगरपालिका ९ चौकीबारीका ५० बर्षिय पुलकित चाैधरी हुन् ।

दुवैवीच मङ्गलबार विवाद भई कुटपिट भएकोे थियोे । भाइ सुखिलाल चौधरीलाई कुटपिट घाइते भएपछि उपचारको लागि उदयपुर अस्पताल र त्यसपछि गाेल्डेन अस्पताल बिराटनगर पुर्‍याइएकाे थियोे ।

त्यहाँ उपचाररत रहँदा बुधबार दिउँसो भाइ चाैधरीकाे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख भीमबहादुर दाहालले बताए । भाइ मारेकाे अभियाेग लागेका दाइ चाैधरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएकाे छ ।

टिप्पणीहरू