निषेधाज्ञामा प्रेस पासको लफडा

निषेधाज्ञामा प्रेस पासको लफडा

वर्ल्ड अफ वुमन अर्थात् ‘वाउ’ बिजनेस म्यागेजिनको कार्ड बोकेर सवारी साधन चलाउँदै हिँडेका जय गोल्छाको प्रेस पासप्रति ट्राफिक प्रहरीले आशंका ब्यक्त गरेको छ ।

मिडिया नाइनसमेत उल्लेख गरिएको कार्डमा गोल्छाको पद सोसल मिडिया स्ट्राटेजिष्ट उल्लेख छ । प्रहरीका अनुसार आफूलाई उक्त म्यागेजिनको मालिक भन्ने गरेका गोल्छाको कार्डमा म्याद २०२२ सम्म उल्लेख छ ।

प्रहरीले यसबीच गरेको सवारी साधन र कार्ड चेकिङको क्रममा व्यापारी पुत्र गोल्छा रिसाउने र झगडाको मुडमा प्रस्तुत हुने गरेको स्रोतले बताएको छ ।

सरकारले भने बन्दको बेला सूचना बिभागद्वारा जारी प्रेस पासलाई मात्रै अत्यावश्यक काममा हिंड्न छुट दिने बताएको छ । जयले बोकेको कार्ड उनैले तयार पारेका हुन् जसमा कुनै सरकारी मान्यता चिन्ह छैन ।

टिप्पणीहरू