कोरोनाबाट आज सर्वाधिक ५८ को ज्यान गयो, ८ हजार बढिमा संक्रमण

कोरोनाबाट आज सर्वाधिक ५८ को ज्यान गयो, ८ हजार बढिमा संक्रमण

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बताइएअनुसार पछिल्लो २४ घण्टामा ५८ जनाको ज्यान गएको छ ।

उक्त अवधिमा २१ हजार ३ सय ७२ जनामा गरिएको परिक्षणबाट हालसम्मकै उच्च ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार ७ सय ५६ जनामा पीसीआर गरिएकोमा ८ हजार ६ सय ५ तथा ६ सय १६ जनामा गरिएको एण्टिजेन परिक्षणमा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबारदेखि हालसम्म गरिएको ५३ हजार ५ सय ४५ पीसीआरबाट २३ हजार ७ सय १३ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ७ सय ८९ जना संक्रमणबाट मुक्त भएका छन् ।

आज ६६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित छन् । जसमध्ये होम आइसोलेसनमा ६१ हजार ५ सय ८८ तथा संस्थागत आइसोलेसनमा ४ हजार ७ सय ६४ जना छन् । आज १ हजार ९ सय ९३ जना संक्रमण मुक्त भएका छन् ।

टिप्पणीहरू