प्रधानमन्त्रीले फाल्नुभयो कोरोनाको सुरक्षा कवच

प्रधानमन्त्रीले फाल्नुभयो कोरोनाको सुरक्षा कवच

प्रधानमन्त्री केपी शर्मा ओली छिन छिनमा उत्पन्न नयाँ राजनीतिक परिस्थितिलाई विश्लेषण गर्दै प्रधानमन्त्री निवासमा बनाइएको विशेष सुरक्षा कवच छाडेर दलबलसहित बूढानीलकण्ठ पुग्नुभएको छ ।

आगामी सोमबार उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको छ । आफ्नो राजनीतिक योजना र अंकगणित विपरितको परिस्थिति उत्पन्न भएको निश्कर्ष निकालेपछि उहाँ अघि काँग्रेस सभापतिको निवास जानुभएको हो ।

बढ्दो कोरोना महामारीलाई ध्यानमा राखेर दीर्घ रोगी,बृद्ध र बालबालिकालाई घरभित्रै बस्न उहाँको सरकारले आग्रह गरिरहेको छ । त्यसैलाई मध्यनजर गर्दै पछिल्लो सातादेखि प्रधानमन्त्री निवासको बैठक कोठामा संक्रमणबाट उहाँलाई जोगाउन विशेष सुरक्षा कवच बनाइएको छ ।

तर,आज सुरक्षा दस्ता,पार्टीका केही नेतासहित राजनीतिक वार्ताको निम्ति देउवा निवास पुग्नुभएका प्रधानमन्त्रीले अब फेरि बालुवाटार फर्केपछि हुने वार्ता र छलफलमा उक्त कवचको प्रयोग गर्नुहुन्छ वा हुँदैन होला ?

मन लाग्दा मज्जाले बाहिर निस्कने र घरभित्र छँदा कवचको प्रयोग गर्ने हो भने आमनागरिकले सरकारले भन्दै आएको स्वास्थ्य सुरक्षा मापदण्ड पालनालाई कसरी बुझ्ने होला ?

टिप्पणीहरू