प्लाष्टिकको बोराभित्र शव

प्लाष्टिकको बोराभित्र शव

जनकपुरमा प्लाष्टिकको बोराभित्र शव फेला परेको छ ।

जनकपुर उपमहागरपालिका–२३ स्थित आँपको बगैँचामा प्लाष्टिकको बोराभित्र शव फेला परेको प्रहरीले जनाएको छ । नगराईन नगरपालिका–६, लग्माका ४५ वर्षीय ऐलुन राइनको मंगलबार शव फेला परेको हो ।

बगैंचमा फालिएको सेतो बोरा शंकास्पद रहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले बोराभित्र शव फेला पारेको थियो ।घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू