करेन्ट लागेर दुईको मृत्यु

करेन्ट लागेर दुईको मृत्यु

सुर्खेत र बारामा करेन्ट लागेर दुई जनाले ज्यान गुमाएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ इत्रामस्थित सुरज सिँजालीको नयाँ बन्दै गरेको घरमा ग्रिलको काम गर्ने क्रममा करेन्ट लागेर कैलाली, धनगढी नगरपालिका–७ का २७ वर्षीय बिरु चौधरीको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको देउती नर्सिङ होम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै बाराको महागढीमाई नगरपालिका–४ दहियारका १८ वर्षीय राजन कुमार जैसवालको पनि करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

बिसनपुर्वाबाट इँटा लोड गरी चितवनतर्फ जाँदै गरेको ना.४ ख ९४३७ नम्बरको ट्रकमा छुन लागेको तार उठाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू