लुम्बिनीमा लफडा,अर्का माननीयको पनि पद खाली

लुम्बिनीमा लफडा,अर्का माननीयको पनि पद खाली

राजनीतिक खिचातानीबाट मुक्त हुने भन्दै आज राजीनामा दिएका लुम्बिनी प्रदेश सभाका सांसद अमरबहादुर डाँगीको पद खाली भएको छ ।

मुख्यमन्त्री शंकर पोख्रेलको आफ्नै गाउँ दाङ्गको निर्वाचन क्षेत्र नं. २ (२) मा नेकपा एमालेबाट प्रदेश सभा सदस्य निर्वाचित माननीयले आफू बिरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्नुपर्ने भएकाले सांसद पदबाट दिएको राजीनामा भर्खर सभामुख पूर्ण घर्तीले स्वीकृत गरी प्रदेश सभामा सूचना टाँसिएको छ ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूूचनामा भनिएको छ ‘माननीय सभामुखसमक्ष लिखित राजीनामा पेश गर्नुभएको हुँदा संविधानबमोजि स्थान रिक्त भएकाले प्रदेश सभाको बैठक चालु नरहेको अवस्थामा प्रदेश सभा नियमावलीबमोजिम यो सूचना प्रकाशित गरिएको छ ।’

डाँगी मुख्यमन्त्री शंकर पोखरेलका खास मान्छेको रुपमा लामो समयदेखि परिचित छन् ।

टिप्पणीहरू