जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले काठमाडौंको सुनधाराबाट पक्राउ गरेको छ ।

पुतलीसडकमा बस्ने दोलखा भिमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान प्रहरीले सुन्धारास्थित ढोरपाटन होटलबाट पक्राउ गरेको हो ।

लामाले बालिकालाई ललाई फकाई होटलमा लगेर दुई दिनसम्म पटक–पटक जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो

टिप्पणीहरू