सेनाद्वारा भूपू स्वास्थ्यकर्मीलाई समेत स्ट्याण्डबाइ

सेनाद्वारा भूपू स्वास्थ्यकर्मीलाई समेत स्ट्याण्डबाइ

सेनाले कोरोना उपचारको निम्ति भूतपूर्व सबैखाले स्वास्थ्यकर्मीलाई स्ट्याण्डबाइ राख्ने भएको छ । उसले देशको आवश्यकतालाई मध्यनजर राख्दै थप जनशक्तिको निम्ति अवकाशप्राप्त स्वास्थ्यकर्मीहरूलाई बोलाउने भएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा जङ्गीअड्डामा बसेको विशेष बैठकले २०७२ सालभन्दा पछि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त स्वास्थ्यकर्मीहरूलाई जुनसुकै अवस्थामा तयार रहन आह्वान गरेको छ । सरकारले सेनालाई कोरोना उपचार केन्द्रको निर्माण र आवश्यक व्यवस्थापनको निर्देशन दिएसँगै राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी उसले आफ्ना पूर्व स्वास्थ्यकर्मीहरूलाई तयारी हालतमा रहन निर्देशन समेत दिएको बुझिएको छ ।

टिप्पणीहरू