अवैध सुन चाँदीसहित ३ जना पक्राउ

अवैध सुन चाँदीसहित ३ जना पक्राउ

मोटरसाइकलमा लुकाई छिपाई भारतबाट अवैधरुपमा ल्याउँदै गरेको सुन चाँदीसहित ३ जना पक्राउ परेका छन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिका–११, मुगलाह जोगडास्थित सडकमा भारतबाट अवैधरुपमा ल्याउँदै गरेको ४ सय ४० ग्राम सुन र ८ किलो ३ सय ग्राम चाँदीसहित गैडहवा गाउँपालिका–६ बस्ने ४२ वर्षीय कृष्णकुमार सुनार सहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले लु.३५प ३०० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू