प्रहरी भन्छ,‘पास दुरुपयोग भएको छैन’

प्रहरी भन्छ,‘पास दुरुपयोग भएको छैन’

दोस्रो लहरको कोरोना महामारीको पहिलो चरणको निषेधाज्ञाको आज एक साता बितेको छ । निषेधाज्ञाको समयमा महानगरीय ट्राफिक कार्यालयले सरकारीसहित हजारौँ सवारी साधनलाई होल्ड गरेर राखेको जनाएको छ ।

यसपटक सवारी पासको दुरुपयोग नगन्य भएको प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाले बताउनुभएको छ । उहाँका अनुसार पहिलो लहरको महामारीको समय प्रशासनले खाली पास दिने गरेकोमा यसपाली निवेदन बिना पास नपाउने भएकाले पासको दुरुपयोग कम भएको हो ।

प्रशासनले दिएको सवारी पासको म्याद आज मध्यान्ह १२ बजेबाट सकिने बताउँदै उहाँले अहिलेको समयमा कति पास दुरुपयोग भन्ने यकिन तथाङ्क संकलन नभइसकेको बताउनुभयो ।

उता,हिजो मात्रै प्रधानमन्त्रीको कार्यालयबाट सवारी पासको दुरुपयोग भएको थियो । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडका भान्छे विजय लोहियाको नाममा बा१६च ४६५४ नम्बरको निजी गाडीलाई निषेधाज्ञा अवधिभर गुडाउन पाइने गरी प्रधानमन्त्री कार्यालयबाट पास वितरण गरिएको भेटिएको थियो ।

टिप्पणीहरू