करार र स्थायी कर्मचारीवीच दरार

करार र स्थायी कर्मचारीवीच दरार

करारका कर्मचारीले लोकसेवा लडेर वा भिडेर आएका स्थायी कर्मचारीलाई हप्काउने,थर्काउने । यस्तै विकृतिले डेरा जमाएको एउटा अड्डा छ पुल्चोकमा- निजामती किताबखाना ।

यो यस्तो अड्डा हो जहाँ बहालवाला हुँदा मात्र होइन अवकाशपश्चात समेत कर्मचारीहरु धाइरहनु पर्ने हुन्छ ।

यो कर्मचारीहरुको जन्म (नियुक्ति दर्ता),न्वारन (संकेत न.) विवाह (इच्छाएको व्यक्ति परिवर्तन),छोरा छोरी संख्या थप,पुरस्कार, कारवाही,सरुवा,बढुवादेखि सेवाको महत्वपूर्ण उपलब्धि र अवकाशपश्चात पेन्सन पट्टाको समेत रेकर्ड राख्ने ठाउँ हो ।

तर यहीँ करारका कर्मचारीबाट हत्तु छन् सेवाग्राही अन्य कर्मचारी । हाकिमको फेरो समाएर नियुक्ति पड्काउने र तिनै कर्मचारीले स्थायी कर्मचारीलाई धम्काउने परिपाटी छ त्यहाँ ।

जस्तो गीताकुमारी हुमागाईले कविता तिवारीलाई बहिनीको साइनो लगाएर,जयनारायण आचार्य महानिर्देशक हुँदा पनि एक महिलालाई,सामान्यको सचिव हुँदा मोहनकृष्ण सापकोटाले रत्ना रेग्मीलाई,मोहनबहादुर बस्नेतले सन्तोषीलाई,लेखा अधिकृत र हालै त्यहाँबाट छाडेर गएका महानिर्देशक ऋषिराम तिवारीले समेत बहिनी नाता लगाउँदै एक कर्मचारीलाई करारमा जागिर खुवाए ।

यस्ता करारका कर्मचारीले न कुनै तोकिएको काम गर्न सक्छन् न कुनै विशेष योग्यता र क्षमता नै । त्यहाँ कतिसम्म विकृति छ भने करारका जागिर जोगाउन स्थायी कर्मचारीको सरुवा गरिएको समेत रेकर्ड छ । केहीअघि सहायक कम्प्युटर अपरेटरमा नियुक्त गर्न खोज्दा यस्तै लफडा निस्कियो ।

धर्मेन्द्र चौधरी,भूमिव्यवस्था तथा गरिवी मन्त्रालयअन्तर्गत सुधिर बस्नेतको सम्पत्ति छानविन कार्यालयबाट केहि दिनअघि मात्रै सरुवा भएर आएका थिए । तर उनलाई हाजिर नगराई,पदस्थापना नगराई दरबन्दी नभएको भनी फिर्ता पठाइएको छ । जबकि कितावखानामा ४ जना सहायक कम्प्युटर अपरेटरलाई करारमा भर्ति गरिएको छ । उनीहरुलाई हटाउन पर्ने स्थिति देखिएको भन्दै चौधरीलाई दरबन्दी नै नभएको भनी फिर्ता पठाइएको त्यहाँस्थित एक कर्मचारीले सुनाए ।

विगतमा राजप्रसाद सेवामा बक्सिसको रुपमा जागिर पाएका दरवारका कर्मचारीहरुकै बोलबोला छ त्यहाँ । यसैगरी जस्केलोबाट छिरेर उच्च पदमा पुगेका कर्मचारी हुन् सुदन ख्याखली श्रेष्ठ । उनी लोकसेवा भिडेर आएका होइनन्,राजप्रसाद सेवाबाट त्यहाँ छिरेका,बाजेको नाताले । उनी मातहत ७ जना शाखा अधिकृतहरु,१५ जना नायव सुब्बा र १० जना खरिदार छन् ।

टिप्पणीहरू