माओवादीबाट समर्थन फिर्ता,उपेन्द्र,प्रचण्ड,माधव भेटवार्ता,अमरेशको घरदैलो

माओवादीबाट समर्थन फिर्ता,उपेन्द्र,प्रचण्ड,माधव भेटवार्ता,अमरेशको घरदैलो

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा फुटाइदिएको ठ्याक्कै दुई महिनापछि नेकपा माओवादी केन्द्र ओली सरकारको समर्थनबाट फिर्ता भएको छ ।

संघीय संसद सचिवालय सिंहदरबारस्थित प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीको कार्यकक्षमा भेला भएका नेता देव गुरूङ,शक्ति बस्नेत गिरिराजमणि पोखरेललगायत ४/५ जनाले समर्थन फिर्ताको पत्र दर्ता गराएका हुन् ।

यसअघि आजै बिहान उपेन्द्र यादव निवास हात्तीवनमा उहाँसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपालवीच भेटवार्ता भएको थियो भने अहिले माओवादीको रणनीतिवारे सूचना फुत्काएर सम्बन्धित निकायलाई रिपोर्ट गर्न कांग्रेसनेता अमरेशकुमार सिंह प्रचण्ड निवास खुमल्टार पुगेका छन् ।

टिप्पणीहरू