एटिएममा जाने,स्यानिटाइजर चोर्ने

एटिएममा जाने,स्यानिटाइजर चोर्ने

कोरोनाको बिगबिगीपछि केही बैंक तथा वित्तीय संस्थाले एटीएम मेशिनसँगै स्यानिटाइजर र टिस्यु पेपरसमेत राखिदिन थालेका छन् ।

तर,त्यहि एटीएममा पैसा निकाल्न जाँदा एक जनाले आफ्नो दरिद्र मानसिकतालाई प्रमाणित गर्दै पैसा झिकेपछि स्यानिटाइजर झोलामा हालेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

हेर्दा खाइलाग्दा,पढेलेखेका र एटिएमबाट पैसा झिक्न सक्ने हैसियत भएका,महामारीबाट जोगिन स्यानिटाइजर उपयुक्त हो भनेर हेक्का राख्ने व्यक्तिले सार्वजनिक सम्पत्ति झोलामा हाल्न हुँदैन भन्ने भावनाचाँहि पोलेर खाएको देखिन्छ ।

आफ्नो स्वार्थको निम्ति सार्वजनिक सम्पत्तिमा आँखा लगाउने प्रवृत्ति “हुँदा खाने” वर्गमा भन्दा “हुने खाने” मा बढी देखिएको छ ।

सर्वसाधारण जनताभन्दा माथिल्लो ओहोदामा भएकाहरूमा त्यो प्रवत्तिले बढी घर गरेको पाइन्छ । एटीएमबाट स्यानिटाइचर चोर्नु पनि त्यसैको एउटा प्रमाण भएको समाजशास्त्रीहरू बताउँछन् ।

https://www.youtube.com/watch?v=sy2zgvRu8cM

टिप्पणीहरू