सीमानाका बन्द गर्न यातायात व्यवसायीहरुको माग

सीमानाका बन्द गर्न यातायात व्यवसायीहरुको माग

‘आफू बचौं,अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ यातायात व्यवसायीहरुले भारतबाट नेपाल प्रवेश गर्ने सबै नाका तत्काल बन्द गर्न र कडा सुरक्षा मिलाउन सरकारसँग जोडदार माग गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले जारी गरेको विज्ञप्तिमा यात्रुवाहक बस,सार्वजनिक तथा भाडाका यातायात बन्द गरेको सन्दर्भमा आन्तरिक हवाइ उडान गर्न,यात्रु सुरक्षाको सबै प्रबन्ध मिलाउन र त्यसको निम्ति यात्रु सुरक्षा संयुक्त प्रबन्ध समति गठन गर्न सरकारसँग माग गरेको छ ।

सरकारले सोमबार रातिदेखि आन्तरिक र आजदेखि वाह्य उडानमा रोक लगाइसकेको छ ।
संघले कोरोना महामारीबाट सबैको सुरक्षाको निम्ति आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि सबैलाई हार्दिक अपिल गरेको छ ।

यसैबीच महासंघले आफ्ना पूर्वमहासचिव चन्द्र शर्माको आसमयिक निधन भएको बताएको छ ।

टिप्पणीहरू