सुरक्षा निकायतर्फ पनि उत्तिकै संक्रमण

सुरक्षा निकायतर्फ पनि उत्तिकै संक्रमण

नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी सुरक्षा निकायतर्फ १५ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये नेपाली सेनामा ५ हजार ३ सय २,नेपाल प्रहरीमा सर्वाधिक ७ हजार ५ सय ९३,सशस्त्र प्रहरी बल नेपालमा २ हजार २ सय १ तथा राष्ट्रिय अनुसन्धान विभागमा २ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

त्यसैगरी नेपाली सेनामा ५ हजार १ सय ९४,नेपाल प्रहरीमा सर्वाधिक ७ हजार ३ सय २४,सशस्त्र प्रहरी बल नेपालमा २ हजार ९८ तथा राष्ट्रिय अनुसन्धान विभागमा २ सय २० गरी १४ हजार ८ सय ४० जना संक्रमण मुक्त भएका छन् ।

सुरक्षा निकायमा हालसम्म संक्रमितहरुमध्ये १३ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये नेपाल प्रहरीमा सर्वाधिक ६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ९६ दशमलव ८७ प्रतिशत संक्रमणमुक्त भएको बताइएको छ । अहिले सुरक्षा निकायमा कूल ५ सय ११ जना सक्रिय संक्रमित छन् ।

त्यसैगरी सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी,सेनालगायत सुरक्षा निकायका ६ हजार ८ सय ६९ जनामा संक्रमण पुष्टि भएको बताइएको छ । पछिल्लो समयमा मुलुकका ३५ नाकाका १ हजार ७३ स्थानमा २३ हजार ६ सय ६४ सुरक्षाकर्मी खटिएका छन् ।

टिप्पणीहरू