मुख्यमन्त्री शंकरको साथ छाडे अर्का सभासदले

मुख्यमन्त्री शंकरको साथ छाडे अर्का सभासदले

राजनीतिमा दिनदिनै र छिनछिनै उदेकलादा घटना देखिन थालेका छन् ।

अस्ति बिहान राजीनामा दिएर राती पुन: मुख्यमन्त्रीको शपथ खाएका शंकर पोख्रेललाई आज उनकै गृहजिल्ला दाङबाट निर्वाचित प्रदेशसभा सदस्य अमर डाँगीले साथ छाडेका छन् ।

अस्ति साथ छाडेर हिजो फेरि जोडिन पुगेका कपिलवस्तु र पश्चिम नवलपरासीका दुई जना सभासदको दलबदलका किस्सा सेलाउन नपाउँदै उनले शंकर पाेखरेलमा अराजनीतिक चरीत्र हावी हुँदै गएकाे भन्दै सहयाेग नगर्ने बताएका हुन् ।

डाँगी दाङमा एमालेकाे संगठक मानिन्छन् । उनी मुख्यमन्त्री पाेखरेलकाे गाउँकै हुन् । नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित उनी एमालेकै तर्फबाट घाेराही उपमहानगरकाे पूर्व मेयर थिए ।

टिप्पणीहरू