आज कोरोनाबाट मृत्यु हुनेको संख्या ५५, हालसम्मकै उच्च

आज कोरोनाबाट मृत्यु हुनेको संख्या ५५, हालसम्मकै उच्च

कोरोना संक्रमणका कारण मर्नेको संख्या हालसम्मकै उच्च रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ३१ पीसीआर परीक्षणमा ७ हजार ५ सय ८७ जना र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जना गरी ७ हजार ६ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै उक्त अवधिमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ७ सय ७५ रहेको छ ।

टिप्पणीहरू